logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

पोखराको सेतीनदी किनारमा आधुनिक शवदाह गृह ,मुख्यमन्त्री गुरुङले गरे उद्घाटन


  • राजनीति
  • शुक्रबार, असार २० २०७६

पोखरा- पोखराको शान्तिघाटस्थित सेतीनदी किनारमा आधुनिक शवदाह गृह निर्माण भएको छ । एभरेष्ट बैंकको सहयोगमा बनेको शवदाह गृहको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीबार एक कार्य्क्रम बीच उद्घाटन गरे।

आधुनिक शवदाह गृहमा एउटा शव जलाउन एक सय केजी दाउरा र एक घण्टा २० मिनेटको अवधि मात्र लाग्नेछ।

पोखरा महानगरपालिकाले करिब ६० लाख रुपैयाँ लागतमा निर्माण भएको शवदाह गृहको व्यवस्थापन गर्ने छ।

असार महिना भर नयाँ शवदाह गृहमा जलाउन लाग्ने खर्च पोखरा महानगरपालिकाले व्यहोर्ने भएको छ। पोखरामा व्यवस्थित शवदाह गृह नहुँदा शव जलाउन कठिनाई हुँदै आएको थियो।

नयाँ शवदाह गृहमा जलाउँदा परम्परागतभन्दा थोरै दाउरामा जलाउन सकिने छ । उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले पोखराको सौन्दर्यतालाई क्षयीकरण हुन नदिन सबैको सचेतना अपरिहार्य भएको बताए । आधुनिक शवदाह गृह निर्माणसँगै यहाँको वातावरणीय स्वच्छतामा महत्वपूर्ण टेवा पुग्ने उनको भनाई छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार