logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

सुडान घोटाला : जेल जाँदै गर्दा पनि आइजीकै पारामा ‘के भनिस् अ रे? मासा… भन्दै थर्काए ठकुरीले


  • राजनीति
  • शनिबार, असार २१ २०७६

पोखरा- नेपाल प्रहरीका पूर्व आइजी रमेश चन्द ठकुरीले, डिल्लीबजार जेलमा पहिलो रात बिताएका छन्। चर्चित सुडाना घोटालाका काण्डमा दोषी ठहरिएका उनले सर्वोच्चमा हालेको पुनराबलोकनको निवेदनमा अर्को निर्णय भएन भने अब उनले एक वर्षको जेलमा बिताउनु पर्नेछ।

नेपाल प्रहरीले पूर्वआइजी ठकुरी आत्मसमर्पण गर्न सर्वोच्च जानेबारे पहिल्यै सूचना पाएको थियो। त्यसकैका लागि, सर्वोच्चमा बिहानैदेखि प्रहरीको संख्या बढाउँदै सतर्क राखिएको थियो। पत्रकारहरुलाई क्यामेरा सहित सर्वोच्च प्रवेशमा कडाइ गरिएको थियो। त्यसैले उनीहरुले सर्वोच्चको बार बाहिरबाटै क्यामेर तेस्र्याएका थिए। भित्र पसेका सिमित पत्रकारले मात्रै उनको प्रतिक्रिया लिन पाएका थिए।

अपराह्न ४ बजेतिर सर्वोच्च पुगेका चन्दले, बाहिरै बसेर पुनराबलोकन पाउनु पर्ने माग राखेका थिए। जेलभित्रैबाट पनि पाइन्छ हजुर पुनारावेदन भन्दै, जेल लैजाने निधो सुनायो। उनले डिल्लीबजार जेल जानका लागि आफ्नै गाडी प्रयोग गरिपाउँ पनि भनेका थिए।

सर्वोच्चकै गाडीमा नियमले नमान्ने भन्दै उनलाई हालियो र लगियो। जेल जानुअघि उनले मिडियासँग कुरा गर्छु भने। त्यहाँ खटिएका प्रहरीले मिल्दैन हजुर भन्न पाउँदा नपाउँदै उनले रुखो पारामा हप्काए, ‘के भनिस् अ रे?’ भन्दै। ती प्रहरीले नीलो मुख लगाए। प्रहरी संगठनका अधिकृतले तल्लो तहका कर्मचारीसँग बोल्ने भाषा मासा……… लगायतका शब्द नै उनले प्रयोग गरे। ती प्रहरी एकहिसाबले थर्कमान नै भए। भित्र पस्न पाएका केही पत्रकारहरुसँग उनले आफु निर्दोश रहेको र पुनराबलोकनको निवेदन दिएको सुनाए। उनले, फैसाला भएपछि, केहिले काहिँ विदेशतिर गएपनि धेरैजसो समय, नेपालमै रहेको पनि बताए।

सर्वोच्चले एकपटक पनि पत्र नपाठाएकोले उपस्थित नभएको पनि, उनले भने। जेल लैजानका लागि तयार पारिएको सर्वोच्चको गाडीमा चढ्नुअघि उनले भने, ‘न्याय पाउँछु भनेर आको, झन् कोच्ने ठाउँ पो रछ यो त। हेर्नुस्, नेपालको न्यायको के कुरा गर्नु’।

हाम्रा कुराले लेखेका छन।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार