logo शुक्रबार, कार्तिक २१ २०८३ | Friday 6th November 2026

अविरल वर्षापछी काभ्रेका दुई गाउँपालिका सम्पर्क बिहिन


  • रासस
  • शनिबार, असार २८ २०७६

काभ्रे- महाभारत गाउँपालिका र खानीखोला गाउँपालिका सम्पर्क विहीन बनेका छन । जिल्ला कै विकट यि दुई गाउँपालिका मोवाइल फोन, यातायात र बिद्युत नहुँदा सम्पर्क विहीन हुन पुगेका हुन् ।
जिल्ला प्रहरी कार्यालय काभे्रका प्रहरी नायव उपरीक्षक (डीएसी) दीपक गिरीले महाभारत र खानीखोलाको प्रहरीसँग पनि सम्पर्क हुन नसकेको बताउनुभयो । अविरल बर्षाका कारण बिद्युत नहुँदा मोवाइलका टावर सञ्चालन नभएकाले सम्पर्क विहीन भएको डीएपी गिरीले बताउनुभयो । हामीले विभिन्न माध्यमबाट सोधखोज गर्दा त्यस एरियामा कुनै घट्ना नभएको जानकारी पाएका छौँ, डीएसी गिरीले भन्नुभयो तर प्रहरीसँग नै भने सम्पर्क हुन सकेको छैनन् ।
यातायात, सञ्चार र बिद्युतको भरपर्दाे व्यवस्थापन हुन नसकेका यि दुई गाउँपालिका हरेक विपत्त आउने वितिकै सम्पर्क विहीन हुने गरेका छन । अविरल बर्षाका कारण सडकहरु भत्किएपछि यहाँका बासिन्दा सदरमुकाम आउनुपर्दा दुई दिन पैदलको यात्रा आउनुपर्ने बाध्यतामा रहेका छन् ।
त्यस्तै चौँरीदेउराली, भुम्लु, बेथानचोक गाउँपालिका पनि सञ्चार, बिद्युत र यातायातबाट बञ्चित भएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार