logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

पहिरोमा परि तीन वेपत्ता


  • रासस
  • शनिबार, असार २८ २०७६

भोजपुर-भोजपुरको रामप्रसाद राई गाउँपालिका–५ मानेभञ्याङको तुनीटाङमा आज बिहान गएको पहिरोमा परी तीन बेपत्ता भएका छन् । बेपत्ता हुनेमा ३६ वर्षीया मानकुमारी राई, १७ वर्षीय शिव राई र १५ वर्षीय शक्ति राई रहेको प्रहरीले जनाएको छ ।

प्रहरी र स्थानीयवासीबाट उनीहरुको उद्धारको प्रयास भइरहेको छ । पहिरो पन्छाउन गाउँपालिकाबाट गएको स्काभेटर सडक बिग्रेका कारण पुग्न नसकेपछि फर्किएको गाउँपालिका अध्यक्ष विजय राईले बताउनुभयो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार