logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या संख्या ६०,२६ जना अझै बेपत्ता


  • राजनीति
  • आइतबार, असार २९ २०७६

पोखरा- निरन्तर रुपमा केही दिनदेखि भएको वर्षासँगै आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या संख्या ६० पुगेको छ छ । यसै गरी २६ जना अझै बेपत्ता रहेका छन्।

बिहीबारदेखि परेको वर्षाले देशका विभिन्न भूभागमा ठूलो जनधनको क्षति भएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार आइतबार साँझसम्म ६० जनाले ज्यान गुमाएका छन्। देशका विभिन्न ठाउँमा गरी २४ जना पुरुष र ३६ जना महिलाको मृत्यु भएको हो।

त्यस्तै बाढी, पहिरो र डुबानमा परी अहिलेसम्म २६ व्यक्ति वेपत्ता हुनका साथै २८ जना घाइते बनेको प्रहरीले जनाएको छ। घाइते हुनेमा २१ जना पुरुष र १७ महिला छन् भने वेपत्ता भएका मध्ये पुरुषको संख्या १४ र महिला १२ जना छन्।

प्रहरीले बाढी, पहिरो र डुबानमा फसेका १ हजार ४ सय ४४ जनाको उद्धार गरेको छ।

वर्षाका कारण प्रदेश १, २ र ३ सबैभन्दा बढी प्रभावित बनेका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार