राजनीति
शनिबारदेखि मनसुन फेरी सक्रिय भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आगामी तीन दिन देशको पूर्वी र मध्य भुभागमा सामान्यदेखी पूर्ण दबली रही पूर्वका अधिकांश स्थानमा भारि वर्षा हुने महाशाखाले जनाएको छ । त्यस्तै काठमाडौं उपत्यकामा आज बिहानैदेखि पानी पर्न थालेको छ ।
हाल देशको पूर्वी तथा मध्यका अधिकांश भुभागमा सामान्यदेखि पूर्ण बदली भई केही स्थानहरुमा मेघ गर्जनसहित वर्षा भइरहेको छ र पश्चिमी भुभागमा आंशिकदेखि सामान्य बदली भई १–२ स्थानहरुमा वर्षा जारी रहेको महाशाखाद्वारा जारी बुलेटिनमा उल्लेख गरिएको छ ।
मनसुन न्यूनचापिय रेखा नेपालको दक्षिणतिर अवस्थित छ साथै बंगालको खाडीबाट प्रवेश गरेको जलवाष्प युक्त हावा र स्थानीय वायुको प्रभावको कारण पूर्वका अधिकांश साथै मध्य तथा पश्चिमका केहि स्थानहरुमा वर्षाको सम्भावना छ ।
आगामी तीन दिनको मौसम
साउन ६ गते (सोमबार)
दिउँसो : देशको पूर्वी र मध्य भुभागमा सामान्यदेखी पूर्ण बदली साथै पश्चिमी भुभागमा आंशिकदेखि सामान्य बदली रही पूर्वका अधिकांश स्थानमा साथै मध्य तथा पश्चिमका केही स्थानहरुमा वर्षा हुनेछ । पूर्व तथा मध्य र पश्चिमका एक–दुई स्थानहरुमा भारि वर्षा हुने सम्भावना छ ।
राती : देशको पूर्वी र मध्य भुभागमा सामान्यदेखि पूर्ण बदली साथै पश्चिमी भुभागमा आंशिकदेखि सामान्य बदली रही देशको पूर्वी तथा मध्यका अधिकांश स्थानहरुमा साथै पश्चिमका केहि स्थानहरूमा वर्षा हुनेछ । देशको पूर्व र मध्यका थोरै स्थानमा साथै पश्चिमका एक–दुई स्थानहरुमा भारी वर्षा हुने सम्भावना छ ।
साउन ७ गते (मंगलबार)
दिउँसो : देशको पूर्वी र मध्य भुभागमा पूर्ण बदली साथै पश्चिमी भुभागमा सामान्य बदली रही पूर्व र मध्यका अधिकांश स्थानमा साथै पश्चिमका केही स्थानहरुमा वर्षा हुनेछ । देशको पूर्व र मध्यका केही स्थानमा साथै पश्चिमका थोरै स्थानहरुमा भारी वर्षा हुने सम्भावना छ । पुूर्व र मध्यका एक–दुई स्थानमा अति भारी वर्षाको सम्भावना छ ।
राती : देशको पूर्वी र मध्यभागमा सामान्य बदलीदेखि पूर्ण बदली साथै पश्चिमी भुभागमा सामान्य बदली रही पूर्व र मध्यका अधिकांश स्थानमा साथै पश्चिमका केही स्थानहरुमा वर्षा हुनेछ । देशको पूर्व र मध्यका केही स्थानमा साथै पश्चिमका थोरै स्थानहरुमा भारी वर्षा हुने सम्भावना छ । पूर्व र मध्यका एक–दुई स्थानमा अति भारी वर्षाको सम्भावना छ ।
साउन ८ गते (बुधबार)
दिउँसो : देशभर सामान्यदेखि पूर्ण बदली अधिकांश स्थानहरुमा वर्षा हुनेछ । देशका केही स्थानहरुमा भारी वर्षा साथै एक–दुई स्थानमा अति भारी वर्षाको हुने सम्भावना छ ।
राती : देशभर सामान्य बदलीदेखि पूर्ण बदली रही अधिकांश स्थानहरुमा वर्षा हुनेछ । देशको पूर्व र पश्चिमका केही स्थानमा साथै मध्यका थोरै स्थानहरुमा भारी वर्षा हुने सम्भावना छ । पूर्व र पश्चिमका एक–दुई स्थानमा अति भारी वर्षाको सम्भावना छ ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
देशका पूर्व तथा मध्यका थोरै स्थानहरुमा साथै पश्चिमका एक–दुई स्थानहरुमा भारी वर्षाको सम्भावना छ जसका कारणले ती क्षेत्रका पहाडी भूभागमा पहिरो जान सक्ने तथा पहाड तथा चुरेबाट बहने खोलाहरुमा जल सहत हल्का बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।