logo शनिबार, कार्तिक २२ २०८३ | Saturday 7th November 2026

अनैतिक सम्बन्ध राख्ने होटलमा १० जना पक्राउ


  • राजनीति
  • मंगलबार, साउन ७ २०७६

पोखरा-बुटवल-अनैतिक सम्बन्ध राखेको आरोपमा नवलपरासीको बर्दघाटबाट प्रहरीले होटल सञ्चालकसहित १० जनालाई पक्राउ गरेको छ । बर्दघाट २ चिसापानीमा रहेको न्यू सितलपार्टी स्टाप होटल रेष्टुरेन्ट एण्ड लजबाट होटेल सञ्चालक सहित १० जनालाई पक्राउ गरेको हो ।

होटेलमा अनैतिक क्रियाकलाप हुने गरेको सूचनाको आधारमा छापा मार्दा प्रहरीले होटेल सञ्चालक रेशम कोइरालासहित ४ महिला र ६ पुरूष गरि १० जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार