logo शनिबार, कार्तिक २२ २०८३ | Saturday 7th November 2026

एका बिहानै गुल्मीमा पहिरो : पुरिएर ६ जनाको मृत्यु, ५ जना बेपत्ता


  • राजनीति
  • मंगलबार, साउन ७ २०७६

गुल्मी- गएराति गुल्मीको सत्यवती गाउँपालिकाको वडा नं ४ का दुई स्थानमा आएको पहिरोमा परेर ६ जनाको मृत्यु भएको छ। पहिरोमा परी ५ जना अझै बेपत्ता रहेका छन् । आज बिहान गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले दिएको जानकारीअनुसार एउटा घरमा ४ जना बस्दै आएकोमा दुई जनाको पहिरोले पुरिएर मृत्यु भएको छ भने दुई जना घाइते छन् ।

त्यसैगरी अर्को स्थानमा भएको घरमा ९ जना बस्दै आएकोमा ४ जनाको शव भेटिएको छ भने ५ जना बेपत्ता छन् । उद्धार कार्य जारी रहेको समेत प्रमुख जिल्ला अधिकारीले बताए । पहिरो अलग अलग स्थानमा गएको हो । प्रमुख जिल्ला अधिकारी पौडेलले राति ३ बजे एक्कासी भारी वर्षा भएको र बिहान ४ बजेतिर सो घटना भएको जनाएका छन् ।
उद्धारका लागि सदरमुकामबाट पनि टोली गएको उनले जानकारी गराए । यसअघिदेखि नै स्थानीय जनप्रतिनिधि र सुरक्षा निकाय उद्धार कार्यमा खटिएको उनले जनाए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार