logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

छिमेकीको घरबाट आएको भैँसीले हानेर बागलुङमा एकको मृत्यु


  • राजनीति
  • मंगलबार, साउन ७ २०७६

बागलुङ- एक वृद्धको छिमेकीको घरबाट आएको भैँसीले हानेर मृत्यु भएको छ। जिल्ला प्रहरीले कार्यालयले बताए आनुसार बागलुङ नगरपालिका-१० भकुण्डेका ८० वर्षीय छविलाल सार्कीको मृत्यु भएको हो ।

मंगलबार दिउँसो मृतक सार्कीका छिमेकी प्रेम बहादुरको गोठमा बाँधेको भैँसी अचानक फुस्केर आएपछि ८० वर्षीय सार्कीलाई हानेको थियो। भैँसीले हानेपछि बेहोस भएर ढलेका सार्कीलाई उपचारका लागि सदरमुकाम ल्याउने क्रममा मृत्यु भएको हो।

धौलागिरी अस्पतालले सार्कीलाई मृत घोषणा गरेको जिल्ला प्रहरीका नायव उपरिक्षक झबिन्द्र भट्टराईले जानकारी दिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार