logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

पोखरा लेकसाइडमा होटलको कोठामा बन्धक बनाई जर्बजस्ती गरेको आरोपमा शिक्षक प्रकाउ


  • राजनीति
  • बुधबार, साउन ८ २०७६

पोखरा– पोखराबाट चौध वर्षीय बालिकालाई बन्धक बनाई जर्बजस्ती करणी गरेको अभियोगमा १ शिक्षक पक्राउ परेका छन् । मोरङको विराटनगर घर भई उदयपुरको चौदण्डी नगरपालिका ७ बस्दै आएका २८ वर्षीय राकेशकुमार कानोडियालाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार राकेशले उदयपुरकी १४ वर्षीय बालिकालाई पोखरा महानगरपालिका ६ डिहिगोपाटन लेकसाइडको ‘द कन्ट्री यार्ड’ होटलको कोठामा बन्धक बनाई जर्बजस्ती गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो । राकेशले बालिकाले प्रयोग गर्दै आएको मोबाइल समेत खोसेर राखेको प्रहरीले जनाएको छ । बालिकालाई ८ दिनदेखि कोठामा बन्धक बनाएर जर्बजस्ती गरेको प्रहरीले जनाएको छ ।

राकेशकुमार पेशाले शिक्षक रहेको प्रहरीको भनाई छ । गोप्य सूचनाको आधारमा खटिएको प्रहरीले टोलीले निजलाई समातेको हो । प्रहरीले बालिकालाई उनको अभिभावकको जिम्मा लगाइसकेको छ । राकेशलाई कानुनी प्रक्रियाअनुसार कारबाही अघि बढाउने प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार