logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

दोर्दी खोलाको बाढीले बगाउँदा सातजनाको अवस्था अझै थाहा हुन सकेन चार जनाको शब भेटियो


  • राजनीति
  • बिहिबार, साउन ९ २०७६

पोखरा- दोर्दी खोलाको बाढीले बगाउँदा सातजनाको अवस्था अझै थाहा हुन सकेको छैन । उनीहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय लमजुङले जानकारी दिएका छन् ।

बुधबार दिउँसो एक्कासी बाढी आएर दोर्दी गाउँपालिकामा रहेको लिबर्टी इनर्जीले निर्माण गरिहेको २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत आयोजनामा कार्यरत मजदूरलाई दोर्दी खोलामाबगाएको थियो ।

मजदूर कार्यरत रहेको भन्दा माथिल्लो भागमा पहिरोले थुनिएको खोला एक्कासी खुल्दा बाढी आएको हो । बगाएका ११ जनामध्ये चारजनाको शव बुधबार नै भेटिएको थियो । अरु सातजनाको अवस्था अझै थाहा हुन सकेको छैन ।

मृत्यु भएका मध्ये हालसम्म दुईजनाको पहिचान भएको छ । पर्साका शिवधन चौधरी र डडेल्धुराका रमेश बुढाको पहिचान भएको प्रहरी निरीक्षक पाण्डेले बताए ।

बाढीबाट जोगिन भाग्ने क्रममा घाइते भएका ८ जनाको जिल्ला अस्पताल लमजुङमा उपचार भइरहेको छ । दोर्दी खोलामा पानीको बहाव कम भए पनि पानी परिरहेकाले खोजी कार्यमा कठिनाइ भएको प्रहरी निरीक्षक पाण्डेले जानकारी दिएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार