राजनीति
लमजुङ – मर्स्याङ्दी गाउँपालिका–४, च्याम्चेमा जीप दुर्घटना भएको छ ।
ग १ ज ६७८६ नम्बरको जीप सडकबाट भण्डै २ सय मिटर तल खसेको खबर प्राप्त भएको छ।जिल्ला प्रहरी कार्यालय लमजुङका डीएसपी प्रमुख रवीन्द्रमान गुरुङका अनुसार जीपमा कति यात्रु थिए र कति क्षति भयाे भन्ने केही जानकारी नआएकाे बताएका छन ।
घटनास्थलमा बाहुनडाँडा प्रहरी चौकीबाट खटिएको प्रहरी टोली पुगिसकेको छ । जिप्रकाबाट प्रहरी टोली जाँदै गरेको छ ।
लमजुङ र मनाङको सीमाना म्यार्दीखोलाबाट जगत आउँदै गरेको जीप बुधबार राति मर्स्याङ्दी नदीमा खसेको स्थानीयले बताएका छन् ।