logo शनिबार, कार्तिक २२ २०८३ | Saturday 7th November 2026

च्याम्चेमा जीप दुर्घटना हुँदा तनहुँ दमौली घर भएका चालक आचार्यको मृत्यु


  • राजनीति
  • बिहिबार, साउन ९ २०७६

लमजुङ-लमजुङको मस्र्याङ्दी गाउँपालिका-४ च्याम्चेमा जीप दुर्घटना हुँदा तनहुँ दमौली घर भएका जीप चालक धनबहादुर आचार्यको मृत्यु भएको छ ।

लमजुङ-मनाङ सिमाना म्यार्दीखोलाबाट जगत आउँदै गरेको ग १ ज ६७८६ नम्बरको जीप बुधबार राति मस्र्याङ्दीमा खसेको स्थानीयले बताएका छन्।

बिहीबार बिहान सोही ठाउँमा मनाङ जाँदै गरेको ट्रक हिलोमा फसेपछि धकेल्ने क्रममा मस्र्याङ्दी किनारमा जीप देखिएको थियो। जीपमा चालक मात्रै रहेको बताइएको छ। प्रहरी निरीक्षक बसन्त पाण्डेले घटनाको विस्तृत जानकारी लिन प्रहरी घटनास्थलमा जाँदै गरेको बताए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार