आश तमु, पोखरा – बेंसिशहरमा क्होइबो धिं निर्माण सहयोगार्थ पोखरामा विविध साँस्कृतिक कार्यक्रम अन्तर्गत डढुवा दुर्छा लमजुङ तमु समाजले रु १ लाख ७० हजार ३ सय ८५ रुपैयाँ प्रदान गरेका छन । तमु प्ये ल्हु संघ लमजुङ शाखाले जिल्ला सदरमुकाम बेंसिशहरमा क्होइबो धिं निर्माण सहयोगार्थ पोखरामा साउन ७ देखी ११ गते सम्म विविध साँस्कृतिक कार्यक्रम आयोजना गरेको हो।
साउन ७ गतेदेखि पोखरा-लमजुङ सम्पर्क तमु समाजहरु रिठेपानी प्रगतिटोल आमा समाज, सिङ्दी तमु समाज, भुजुङ यूम्पो तमु समाज, पसगाउँ तमु समाज, पोचोको तमु परिवार, डढुवा दुर्छा लमजुङ तमु समाज र लमजुङ तमु समाजबाट गरी हालसम्म रु। १५ लाख ७१ हजार ७ सय ५ रुपैयाँ आर्थिक संकलन भएको कुरा आर्थिक उपसमितिबाट जानकारी भएको छ ।
२०७६ साउन १० गते पोखराको पोचोको तमु परिवारको भवनमा रु। ५ लाख ५६ हजार ८ सय ५५ रुपैयाँ, डढुवा दुर्छा लमजुङ तमु समाजको भवनमा रु। १ लाख ७० हजार ३ सय ८५ रुपैयाँ र लमलुङ तमु समाज रामबजारको भवनमा १ लाख २ हजार ५ रुपैयाँ गरि एकैदिनमा रु। ८ लाख २९ हजार २ सय ४५ रुपैयाँ आर्थिक सहयोग संकलन गरेका छन ।
तमु प्ये ताँ ल्हु ताँ सम्बन्धी दस्ताबेजहरु जीवन्त तुल्याई राख्ने हेतुले तमु खेगीहरु (पच्यु, क्ल्हेप्री र बोन्पोलम) लाई सो सम्बन्धी प्रशिक्षण दिनेलिने पाठशालाको रुपमा स्थापित गर्न क्होइबो धिं बनाउन खोजिएको हो ।
साउन ७ गतेदेखि शुरु गरिएको क्होइबो धिं निर्माण सहयोगार्थ कार्यक्रम गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री माननीय पृथ्वीसुब्बा गुरुङको प्रमुख आतिथ्यतामा साउन ११ गते शनिबार पोखराको शक्तिघाट स्थित ट्प्ल्स् को केन्द्रीय प्राङ्गणमा समापन हुनेछ ।