राजनीति
पोखरा- आफू निकटलाई आकर्षक ठाउँमा जिम्मेवारी दिन एकै दिन दुई पटक नेपाल प्रहरीमा प्रहरी निरीक्षकको सरुवा भएको छ।
साउन २ गते ८ जनालाई ‘आकर्षक’ ठाउँमा काज सरुवा गरेका खनालले त्यस्को एकसाता नबित्दै २७ निरीक्षकको सरुवा गरेका हुन्। यो १० दिनभित्र प्रहरी निरीक्षकको काजसहित ३ पटक सरूवा भएको छ।
आफू निकटलाई आकर्षक ठाउँमा जिम्मेवारी दिन एकै दिन २ पटक सरुवा सूची निकालिएको प्रहरी प्रधान कार्यालय स्रोतले नेपालखबरलाइ बताएको भन्दै समाचार प्रकाशित भएको छ।
प्रहरी निरीक्षक सरूवा महानिरीक्षक खनालको अधिकार क्षेत्र हो। उनले पहिलो पटक साउन २ गते ८ जनाको काज सरूवा गरेका थिए। त्यसको ६ दिनपछि साउन ८ गते ४३७ जना प्रहरी निरीक्षकको सरूवा भएको थियो। सो ठूलो सरूवा सूचिमा मुख्य मानिएका इलाका प्रहरी कार्यालयहरू खाली राखिएका थिए।
ती ठाउँहरूमा महानिरीक्षक खनालले २७ जनाको अर्कै सूची बनाएर आफू निकट प्रहरी निरीक्षकको सरूवा गरेका हुन्।
हेरौँ को कहाँ परे?



