logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

मेलम्ची नगरपालिका १० को वडा कार्यालयमा आगजनी


  • राजनीति
  • बुधबार, साउन १५ २०७६

पोखरा- अज्ञात समूहले मेलम्ची नगरपालिका-१० को वडा कार्यालयमा आगजनी गरेको छ।

अज्ञात समूहले मंगलबार राति भएको आगजनी बाट वडा कार्यालय क्षतिग्रस्त भएको छ। वडाध्यक्ष भक्तबहादुर कार्कीका आनुसार ढोकाको ताल्चा काटेर वडा कार्यालयभित्र रहेका कागजातहरु जम्मा गरी आगजनी गरिएको बताएका छन ।

वडा कार्यालयभित्र रहेका सम्पूर्ण कागजातहरु जलेर नष्ट भएको उनले जानकारी दिए।

इलाका प्रहरी कार्यालय मेलम्चीका प्रमुख महेन्द्र दर्नालले घटना कसले गरायो भन्ने विषयमा अनुसन्धान थालिएको बताए। घटनाको प्रकृति हेर्दा विप्लव नेकपाका कार्यकताले गरेको हुनसक्ने सम्भावना कम रहेको उनको आशंका छ। स्थानीयहरुले कुनै अन्य कारणवाट वा रिसइबी साध्न यस्तो गरेको हुनसक्ने सम्भावना रहेको दर्नालको अनुमान छ।

ताला काँटेर आगो लगाउनु र कम्पुटर र दराजभित्र भएका कागजहरुलाई भूइँमा एक गरेर जलाउनु आफैंमा रहस्यमय रहेको दर्नालको बुझाइ छ। घटनास्थलामा विप्लव नेकपाका कुनै पनि पर्चाहरु नभेटिएकाे‍ उनले जानकारी दिए।

वडा कार्यालयको भवनमा भएको क्षतिको विवरण संकलन भइरहेकाले कति क्षति भयो अहिले नै भन्न सकिने अवस्था नभएको उनले बताए।

स्थानीय लेखनाथ खतिवडाले विप्लवका कार्यकर्ताले आगजनी गर्ने सम्भावना नभएको बताए। द्धन्द्धकालमा समेत तत्कालीन नेकपा (माओवादी)को प्रभाव न्यून रहेको र हाल विप्लवका कार्यकर्ता नै नभएको उक्त वडा कार्यालयमा कुनै रिसइबी वा व्यक्तिगत इगोका कारण जलाएको हुनसक्ने उनको अनुमान छ। राति वरिपरिका स्थानीयहरु सुतेपछि सुटुक्क आएर जलाउनु आफैंमा षड्यन्त्रमुलक भएको उनको बुझाइ छ।

प्रहरी र स्थानीयले आगो नियन्त्रणमा लिएको र क्षतिको यकिन गरी दोषीमाथि कडा कारबाहीका लागि मेलम्ची नगरपालिका लाग्ने वडाध्यक्ष भक्तबहादुर खड्काले बताए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार