logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

रौतहटको चन्द्रपुर नगरपालिका ३ वडा कार्यालयमा आगजनी


  • राजनीति
  • बुधबार, साउन १५ २०७६

रौतहटं – अज्ञात समुह रौतहटको चन्द्रपुर नगरपालिका– ३ को वडा कार्यालयमा आगजनी गरेको छ। मंगलबार मध्येरातमा आगजनीबाट कार्यालयको सम्पूर्ण समान जलेर नष्ट भएको वडा अध्यक्ष रवि देबकोटाले जानकारी दिए।

कार्यालय भित्र रहेको कम्प्युटर, दराजलगायतको कागजात जलेर नष्ट भएको उनले बताए। घटना बारे अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी कबित कटुवालले बताए।

सो वाड कार्यालय नजिकै बम जस्तो देखिने बस्तुले स्थानीय त्रसित भएका छन्। उक्त आगजनी विप्लब नेकपाले गरेको हुन सक्ने स्थानीयको आशंका छ। साउन १५ गतेको बन्दलाई लक्षित गरि बम राखेको हुन सक्ने अनुमान छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार