logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

जनकपुरधाममा दुई टाउको,चार आँखा र चार कान भएको अनौठो बच्चाको जन्म हेर्नुस


  • राजनीति
  • शुक्रबार, साउन १७ २०७६

जनकपुरधाम –  दुई टाउको भएको असामान्य बच्चाको जनकपुरधामको एक निजी अस्पतालमा  जन्म भएको छ । स्थानीय रामानन्द चौकमा रहेको मिहिलाल इन्टरनेशनल अस्पतालमा बिहीबार दुई टाउको, चार आँखा र चार कान भएको अनौठो बच्चाको जन्म भएको हो ।

अस्पताल प्रशासनका अनुसार सिरहाको कर्जनाहा नगरपालिकाको बल्टिया घर भएका शनिकुमार वैद्यकी २५ वर्षीय श्रीमती सविता वैद्यले अनौठो बच्चाको जन्म दिएकी हुन् ।

डा. रुवी सिंहको टोलीले शल्यक्रिया गरी बच्चालाई पेटबाट निकालेको थियो । जन्मेको एक घण्टापछि नवजात शिशुको मृत्यु भएको अस्पताल प्रशासनले जानकारी दिएको छ । आमाको अवस्था भने सामान्य रहेको अस्पताल प्रशासनका प्रमुख रामबाबु यादवले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार