राजनीति
बाजुरा – गएराति पहिरोले घर बगाउँदा बाजुरा जिल्लाको गौमुल गाउपालिका–६ शान्ति टोलमा एकै घरका दुई जनाको मृत्यु भएको छ। पहिरोमा परी पाँच जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार, मृत्यु हुनेमा ३० वर्षीया निरुता चदारा र उनकी ६ वर्षीया छोरी निस्मिता चदारा छन् ।
यस्तै, ९० वर्षीया जंगे चदारासहित पाँच जना घाइते भएको प्रहरीले जनाएको छ ।