logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

पोखरा संगमटोल निवासी गुरुङको शव फेवातालमा तैरिएको अवस्थामा फेला


  • राजनीति
  • शुक्रबार, साउन १७ २०७६

पोखरा- फेवातालमा बिहीबार मृत अवस्थामा एक शव फेला परेको छ । पोखरा–१३ संगमटोल निवासी ३२ वर्षीय अमित गुरुङको शव फेवातालको पश्चिमी भाग खपौंदी स्थित तालमा तैरिएको अवस्थामा विहीबार शव फेला परेको थियो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजकुमार केसीले उनको के कारणबाट तालमा डुबेर मृत्यु भएको भन्ने बारेमा प्रहरीले अनुसन्धान शुरु गरेको जनाए । उनको शव परीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तरगत पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा राखिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार