पोखरा- पोखरावाट यतिवेला धमाधम राष्ट्रिय जनावर गाई तस्करी हुने गरेको छ । गाई तस्करीमा स्थानीय सरकारहरु मतियार वनेका छन् । तस्करहरु सँग पैसा असुलेर स्थानीय जनप्रतिनिधिहरुले गाई तस्करी गरेको नागरिकहरुले वताएका छन् ।
पोखरावाट गाई गोरु तस्करी गरेर वाहिरी जिल्लामा लगिन्छ । व्यवसायिक प्रयोजन भन्दै लैजाने ति गाई गोरुको प्रयोजन के मा हुन्छ भन्ने कुरा रहस्यमय छ । यस्ता गोरु केही जर्सी गाईका साँढे रहेका छन् भने केही गाउँतिर जोतेर थाकेका बूढा गोरु रहेका छन् ।
बुधवार राति पोखराको पामेवाट तस्करी गर्दै ल्याएका एक ट्रक गोरु स्थान्ीयवासीको दवाबमा वैदाम प्रहरीले रातको १२ वजे वरामद गरेको थियो । ति गोरु चलानी गर्न पोखरा २३ ले चलानी दिएको वुझिएको छ ।
अझ कतिपयलाई त उनीहरुले पटके चलानी नभइ सदावहार चलानी समेत दिने गरेका छन् । गोरु लैजानेहरुले व्यवसायिक प्रयोजनको लागि गोरु लान थालिएको वताएका छन् । वडा प्रहरी कार्यालय वैदामले विहीवार ती एक ट्रक गोरु जिल्ला पशु सेवा कार्यालय कास्कीमा वुझाएको छ ।