logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

छोरेपाटनबाट लागुऔषध बेचबिखनमा संलग्न दुईजना पक्राउ


  • रासस
  • शुक्रबार, साउन १७ २०७६

पोखरा – लागुऔषध नियन्त्रण ब्यूरो पोखराले लागुऔषध बेचबिखनमा संलग्न दुईजनालाई पक्राउ गरेकोछ ।

पक्राउ पर्नेमा बागलुङ नगरपालिका वडा नं ७ र १३ का क्रमशः अमन नेपाली र किशोर खत्री रहेका छन् ।

प्राप्त सूचनाका आधारमा ब्यूरोका प्रमुख प्रहरी निरीक्षक रवीन्द्रमान गुरुङको नेतृत्वमा खटिएको विशेष टोलीले उनीहरूलाई लागुऔषधसहित पोखरा लेखनाथ महानगरपालिका–१७ छोरेपाटनबाट पक्राउ गरिएको हो ।

उनीहरूको साथबाट नर्फिम ७० थान, डाइजापाम ७० थान, फेनरागन ७० थान गरी कूल २१० थान लागुऔषधसहित दुई थान मोबाइल बरामद गरेको प्रहरीले जनाएको छ ।

शनिबार पक्राउ परेका दुवैजनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा पठाइएको प्रहरी निरीक्षक रवीन्द्रमान गुरुङले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार