logo शनिबार, कार्तिक २२ २०८३ | Saturday 7th November 2026

एक स्पेनी नागरिक बन्दिपुर सिद्धगुफामा मृतावस्थामा फेला


  • राजनीति
  • सोमबार, साउन २० २०७६

तनहुँ – आइतवार एक स्पेनी नागरिक बन्दिपुर गाउँपालिका–४ स्थित सिद्धगुफा जाने मार्गमा मृतावस्थामा फेला परेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक मनोज पाण्डेले बताए अनुसार मृत फेला पर्नेमा स्पेनका लुइज कार्लोस रहेको जानकारी दिए ।

मृतक कार्लोसका साथबाट परिचयपत्र भेटिएको उनले बताए । एसियाकै ठूलो गुफा दाबी गरिएको सिद्धगुफा गएर बन्दिपुर बजार उक्लिने क्रममा अचानक ढलेका कार्लोसको घटनास्थलमै मृत्यु भएको स्थानीयको भनाइलाई उदृत गर्दै पाण्डेले जानकारी दिए ।

शव परीक्षणका लागि दमौली अस्पताल ल्याउने तयारी भइरहेको उनले जानकारी दिए । घटनाको स्थानीयले खबर गरेलगत्तै प्रहरी टोली खटाइएको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार