logo शनिबार, कार्तिक २२ २०८३ | Saturday 7th November 2026

मेयर र उपमेयर बीच कार्यालय सार्ने विषयमा झडप


  • राजनीति
  • मंगलबार, साउन २१ २०७६

पोखरा- धनुषाको हंसपुर नगरपालिकामा मेयर र उपमेयर पक्षबीच कार्यालय सार्ने विषयमा झडप भएको छ ।

धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले झडपलाई नियन्त्रण गर्न प्रहरीले लाठीचार्ज गर्दा २ जना सामान्य घाइते भएको बताउनुभयो ।

वडा नम्बर २ बघचौडामा रहेको नगरपालिकाको साविककाे कार्यालय वडा नम्बर ३ को बेल्हीमा सार्न खोजेपछि मेयर रामज्ञान मण्डल र उपमेयर रेणु झा पक्षबीच झडप भएको हो । साविकको कार्यालय नै यथावत रहनुपर्ने पक्षमा उपमेयर झा हुनुहुन्छ भने बेल्हीमा भर्खरै लिएको भाडाको घरमा कार्यालय सार्ने पक्षमा मेयर मण्डल लाग्नु भएकाे छ ।

मेयरले प्रहरी लिएर कार्यालयको समान लिन आएपछि उपमेयर झा पक्षले अवरोध गर्दा झडप भएको थियो । झडपलाई तत्कालै प्रहरीले लाठीचार्ज गरी नियन्त्रणमा लिएको छ ।

घटनामा उपमेयर झालगायत ६ जना घाइते भएको जनाइएको छ । तर प्रहरीले मात्र २ जना समान्य घाइते भएको पुष्टि गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार