पोखरा महानगरपालिका ३३ उपल्लो पूड़ी र तल्लो पूड़ीबाट करीब ५/६ सय क्युफिट सालको काठ लुकाएर राखेको अवस्थामा भेटीएको छ । डीभिजन बन कार्यालय पोखरा बाट गएको टोलीले उक्त काठ बरामद गरेको हो ।
उपल्लो पूड़ीटारका केश बहादुर आलेको घर बाट र तल्लो पूडिटारका शंकर अधिकारीको घर छेउको अधिकारीकै बल्क कम्पनीमा राखिएको अवस्थामा उक्त काठ बरामद गरिएको स्थानियले बताएका छन । केश बहादुर आले टोल विकास संस्थाका अध्यक्ष साथै स्कूल ब्यवस्थापन समितिका अध्यक्ष समेत हून् भने शंकर अधिकारी टोल बिकास, स्कूल ब्यवस्थापन साथै तल्लो पूड़ी सामुदायिक बनका अध्यक्ष समेत हून् ।
पूडिटार बरपौवा बाटो निर्माण गर्दा धारापानी सामुदायिक बनमा लडेका सालका रुख भित्री गठबंधनमा अबैध रूपले ब्यात्तिले लगेको धारापानीका एक स्थानियले बताएका छन् । समितिमा कुनै छलफल नभएको समेत उनले बताए ।
यसरी काठ बिक्री वितरण गर्नु अघि जिल्ला बनको सहमति साथै समितिको सहमति सहित छाप अनिवार्य लगाउनु पर्ने हुन्छ । तर उक्त काठमा कुनैपनी छाप नभएको पाहिएको छ ।यता बन कार्यालयले आफुले प्रतिवेदन बनाई सकेको र अन्य प्रोसेस जारी रहने बताएको छ । अनुसन्धान भईरहेको आबश्यक कारवाही प्रक्रिया अगाडि बढाउने जानकारी प्राप्त भएको छ ।