logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

बेनी देखि भकिम्लीतर्फ जाँदै गरेको जिप हल्लेगौडामा दुर्घटना,दर्जन बढी घाइते


  • राजनीति
  • बिहिबार, साउन २३ २०७६

म्याग्दी –  बेनी नगरपालिका–३ हल्लेगौडामा बेनी देखि भकिम्लीतर्फ जाँदै गरेको जिप  बुधबार दिउँसो दुर्घटना भएको छ। दुर्घटना हुँदा दर्जन बढी घाइते भएका छन् । बेनी देखि भकिम्लीतर्फ जाँदै गरेको ग १ ज ७०५६ न को जिप दुर्घटनामा परेको हो । गम्भिर घाइते भएका तीन जनालाई पोखरा ल्याइएको छ ।

जिल्ला प्रहरी म्याग्दीका अनुसार बेनी नगरपालिका–३ का ७१ वर्षीय डम्मरबहादुर छन्त्याल, ५५ वर्षका रत्नबहादुर खत्री र बेनी–७ मंगलाघाटका २५ वर्षीय विशाल शाक्यलाई पोखरा रिफर गरिएको हो । बेनपा ३ का २० वर्षीय इन्द्र बिक, ४० वर्षीया ज्ञानकुमारी श्रीस, बेनी–७ मंगलाघाटकी २२ वर्षीया शान्त शाक्य, उनकी छोरी साइदा शाक्य, बरंजाका बिक्रम सुनार, ७० वर्षीया ठेगाना नखुलेकी सुवारा सुनार, बागलुङ नगरपालिका–२ की २१ वर्षीय मञ्जु खत्री, बेनी–३ की ३८ वर्षीया भुमिदेवी खत्री र ४५ वर्षका आइतराम विकको बेनी अस्पतालमा उपचार भइरहेको छ ।

उकालो र साँघुरो सडकमा गाडी ब्याक भएर सडकदेखि २५ मिटर तल खेतमा खसेको प्रहरीको भनाई छ । चालक यामबहादुर श्रीसलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

तस्विरः धुव्रसागर शर्मा, म्याग्दी अनलाइनबाट

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार