logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

एका बिहानै त्रिशुली नदीमा बस खस्दा चार जनाको मृत्यु


  • राजनीति
  • शुक्रबार, साउन २४ २०७६

पोखरा- त्रिशुली नदीमा बस खस्दा चार जनाको मृत्यु भएको छ। सर्लाहीको मलङगाबाट काठमाडौँतर्फ जाँदै गरेको ना ६ ख ७४६९ नम्बरको यात्रुबाहक बस शुक्रबार बिहान ३ : ३० बजेको समयमा त्रिशुली नदीमा खसेको प्रहरीले जानकारी दिएको छ।धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं ३ सलाङघाटस्थित त्रिशुली नदीमा बस खसेको हो।

बसमा कति यात्रु थिए भन्ने यकीन हुन सकेको छैन। अहिलेसम्म १० जनाको उद्धार गरिएको घटनास्थलमा रहेका प्रहरी उपरीक्षक राजकुमार बैदवारले जानकारी दिए। नेपाली सेना, शसस्त्र प्रहरीको टोली उद्धारमा खटिएका छन्। अफ्ठ्यारो ठाउँ र अध्याँरो भएका कारण उद्धारमा कठिनाई भएको प्रहरीले जानकारी दिए। बसको आधा भाग पानीमा डुबेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार