logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

राष्ट्रिय अनुसन्धान विभागका एक कर्मचारी घुससहित पक्राउ


  • राजनीति
  • शुक्रबार, साउन २४ २०७६

बुटवल– राष्ट्रिय अनुसन्धान विभागका एक कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ ।सेवाग्राहीहरुसँग ३ हजार नगदसहित राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय रुपन्देहीका सहायक वीरेन्द्र पाण्डेलाई बुटवलको ट्राफिक चोकबाट पक्राउ गरेको हो ।

अख्तियार बुटवलका प्रवक्ता सुरेश भुसालले पाण्डेले व्यापारी वीरेन्द्र बर्मालाई घरायासी समानको ल्याउनको लागि लाइन मिलाई भन्दै रकम मागेका थिए । सोही क्रममा ३ हजार घुससहित रंगेहात फेला पारिएको थियो । अख्तियारले व्यापारी बर्मा अनुसन्धान सहायक पाण्डे दुवै जनालाई अहिले बयान लिइरहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार