राजनीति
कालिकोट- भालुको आक्रमणबाट नरहरिनाथ गाउँपालिका– ९ लालु गडिगाउँमा एकजना गम्भीर घाइते भएका छन्। आइतबार बेलुका कर्णबिर शाहीलाई ४ बजे गाउँकै मकै बारी गएको बेला भालुले आक्रमण गरेको हो।
भालुले आक्रमण गरी गम्भीर घाईते भएका शाहीलाई थप उपचारका लागि सुर्खेत लगिएकोछ।
गाउँमा नै भालु पसेको कारण गाउँलेहरु त्रसित भएका छन्।