logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

गोरखा मनकामना बहिरा माध्यमिक विद्यालयकाका भान्छे घिमिरे मृत भेटिए


  • राजनीति
  • मंगलबार, साउन २८ २०७६

पोखरा- लामो समयदेखि भान्छेको रुपमा कार्यरत श्यामहरि घिमिरे मृत भेटिएका छन्। गोरखा नगरपालिका–१० टक्सारमा रहेको मनकामना बहिरा माध्यमिक विद्यालयका भान्छे घिमिरे मृत भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी महेन्द्र नेपालले जानकारी दिए।

सुस्त श्रवण भएका तथा बहिरा मात्रै अध्ययन गर्ने उक्त विद्यालयमा आइतबार साँझ विद्यार्थीलाई खाना खुवाएर घर हिँडेका उनी घर नै नपुगेको परिवारलाई उद्धृत गर्दै गोरखा प्रहरीले जनाएको छ। घिमिरे आफैँ पनि सुस्त श्रवण भएका व्यक्ति हुन्।

उनी विद्यालय नजिकैको जंगलमा मृत भेटिएका हुन्। ‘विद्यालय नजिकैको जंगलमा उनको शव भेटियो,’ डिएसपी नेपालले भने, ‘हिजोदेखि नै उनी घर नआएका रहेछन्। टाउको र खुट्टामा चोट लागेको देखिएको छ।’ परिवारका सदस्यहरुले उनको हत्या भएको शंका गरेका छन्। घटनाको अनुसन्धान भइरहेको डिएसपी नेपालले बताए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार