राजनीति
आश तमु, पोखरा १ माघ । कास्की प्रहरीले पुन जुवा अप्रेसनको क्रममा कास्की प्रहरीले दुइ स्थानबाट जुवा खेल्ने १२ जनालाई पक्राउ गरेको छ । कास्कीको रानीपौवा र खपौदीबाट ठुलो रकम सहित १२ जना जुवाडेलाई पक्राउ गरेको हो।
जुवा खेल्दै गरेको सुचना पाउना साथ जिल्ला प्रहरी कास्कीबाट प्रहरी सहायक निरीक्षक सन्तोष सुवेदीको नेतृत्वमा गएको ६ जनाको टोलीले रानीपौवाबाट ६ जना र खपौदीबाट ६ जनालाई नगद १ लाख ४० हजार नगद सहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा पोखरा लेखनाथ ११ रानी पौवाका घरधनी अशोक शाह, सोही ठाउका कृष्ण थापा, गोपाल नेपाली, वीर बहादुर नेपाली, पोखरा लेखनाथ १३ कांहुखोलाका प्रेम राना, पोखरा लेखनाथ ६ लेकसाइड बस्ने बसन्त श्रेष्ठ रहेकाछनभने पोखरा लेखनाथ १८ खपौदी स्थित स्युर स्पोर्ट रेष्टुरेण्टबाट लेकसाइड बस्ने कृष्ण पौडेल, शक्ति पराजुली, भरत लामिछाने खपौदी बस्ने विष्णु प्रसाद तिमिल्सिना, बिनोद थापा र महेन्द्र बहादुर थापा रहेका छन ।