राजनीति
पोखरा १ माघ । माघे सक्रान्तिको अवसरमा कास्की प्रहरीले जिल्ला प्रहरी कार्यालय तथा मातहतका कार्यालयहरुमा कार्यरत महिला प्रहरी कर्मचारीहरुसंग अन्तरक्रिया तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अशोक सिंहले महिला प्रहरी कर्मचारीका पिर मर्का, गुनासो तथा समस्या बारे जानकारी लिनुभई प्रहरी संगठनमा महिला प्रहरीको भुमिकाका सम्बन्धमा निर्देशन सम्बोधन समेत गर्नुभएको थियो ।
उक्त कार्यक्रममा कास्की स्थित विभिन्न कार्यालयमा कार्यरत ६४ जना महिला प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो । महिला प्रहरी कर्मचारीको कार्यसम्पादन प्रोत्साहन स्वरुप प्रत्येक महिना उत्कृष्ठ कार्य सम्पादन गर्ने कम्तिमा १ जना महिला प्रहरी कर्मचारीलाई पुरस्कृत गरिने समेत सोही कार्यक्रममा कास्की प्रहरी प्रमुख अशोक सिंहले बताउनुभएको छ ।