राजनीति
पोखरा – पोखरा १३ स्थित दुई कुलाको मुहान भन्ने स्थानमा एक बृद्ध मृत फेला परेका छन्।
शनिबार मध्यान्ह करिव १२ बजेको समयमा लेखनाथका ७२ बर्षीय कुलदिप सापकोटा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
उनको शव हाल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको शव गृहमा राखिएको छ । शुक्रबार घरबाट हिडेका सापकोटा शनिबार मृत अवस्थामा भेटिएका हुन्।
घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।