logo शनिबार, कार्तिक २२ २०८३ | Saturday 7th November 2026

अटोमेटिक पेस्तोल २ थान र गोली २० राउण्डसहित पक्राउ


  • राजनीति
  • आइतबार, भाद्र १ २०७६

अटोमेटिक पेस्तोल २ थान र गोली २० राउण्डसहित एक जनालाई महानगरीय प्रहरी वृत्त थानकोटले पक्राउ गरेको छ।

ललितपुर कोन्ज्योसम गाउँपालिका-२ बस्ने अन्दाजी २८ वर्षीय मुनाल भन्ने सुलभ लामालाई चन्द्रागिरी नगरपालिका-२ नागढुंगास्थित चेकप्वाइन्टबाट अटोमेटिक पेस्तोल २ थान र गोली २० राउण्डसहित थानकोट प्रहरीले पक्राउ गरेको हो।

धादिङबाट काठमाडौं आउँदै गरेको बा।२ ख १९८० नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार लामाको साथमा रहेको झोला जाँच गर्ने क्रममा झोलाभित्र उक्त पेस्तोल तथा गोली लुकाइछिपाइ राखेको अवस्थामा फेला परेको महानगरीय प्रहरी वृत्त थानकोटका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक डिएसपी कुमार विक्रम थापाले बताए।

लामाको साथबाट उषा लेखिएको ९० एमएलको तेल रहेको बोतल २ थान, बाइनाकुलर १ थान, मोबाइल ५ थान तथा विभिन्न सम्पर्क नम्बरहरू भएको डायरी तथा कागजातहरू समेत प्रहरीले बरामद गरेको छ।

लामालाई थप आवश्यक कारबाही तथा अनुसन्धानको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार