logo शनिबार, कार्तिक २२ २०८३ | Saturday 7th November 2026

लोकसेवाको विज्ञापन विरुद्ध पोखरामा विरोध प्रदर्शन

अधिकार लुट्न खोज्ने लुटेराहरुलाई कारवाही


  • हुम तमु
  • आइतबार, भाद्र १ २०७६

पोखरा- लोक सेवा आयोगको असंवैधानिक विज्ञापन विरुद्ध आदिवासी जनजाति लगायत, दलित शिल्पी, मधेशी, मुस्लिम आन्दोलित भईरहेको बेला पोखरामा पनि विरोध प्रदर्शन गरिएको छ।
नेपाल आदिवासी जनजाति महासंघ कास्कीको आयोजनामा पोखरा ११ रानीपौवा दुरसञ्चारचोकबाट शुरु भएको विरोध ¥याली महेन्द्रपुल, चिप्लेढुंगा विपी चोक हुदै मानवअधिकार चोकमा पुगी कोणसभामा परिणत भएको थियो।
लोक सेवा आयोगको असंवैधानिक विज्ञापन खारेज गर लगायतका नारा लगाउदै प्रदर्शनकारी मानवअधिकार पुगेको थियो।
आयोजित कोणसभामा आदिवासी जनजाति महासंघका केन्द्रीय उपाध्यक्ष गणेश थकालीले जस्तो सुकै मुल्य चुकाएर भए पनि समावेशीताको अधिकार खोस्न नदिने चेतावनी दिनुभयो।
तमुवान संघर्ष समिति तथा तमु धिं नेपालका उपाध्यक्ष हुमबहादुर तमुले प्राप्त अधिकार लुट्न खोज्ने लुटेराहरुलाई कारवाही गर्न उत्पिडित जनताकाहरु सशक्त आन्दोलनमा उत्रनुपर्ने बताउनुभयो।
तमुवान भोलिन्टिर्सका कृष्णकुमार तमुले समावेशी अधिकार खोसिए विगतमा जस्तै भयंकरको आन्दोलन हुने चेतावनी दिनुभयो।
शिल्पी दलित महासंघ केन्द्रीय सदस्य किसन विश्वकर्माले अधिकार लुट्ने पहिचान विरोधीहरुलाई सत्तामा पु¥याएकाले विगतदेखि विभेदमा पारिएका जनताले पाएका अधिकार पनि खोसिदै लगिएको बताउनुभयो।
आदिवासी जनजाति विद्यार्थी महासंघ कास्कीका अध्यक्ष सुजन तामाङले असंवैधानिक विज्ञापन खारेजीसँग आरक्षण अधिकार सुनिश्चित हुनुपर्ने बताउनुहुदै गण्डकी प्रदेशका कुनै पनि हालतमा समावेशी माथि प्रहार गर्न नदिने चेतावनी दिनुभयो।
कार्यक्रमको संचालन तमु ह्युल छोंज धिं केन्द्रीय सदस्य तथा तमु प्ये ल्हु संघ कास्की सचिवले संचालन गर्नुभएको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार