logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

पुडासैनीले डोरी किनेको पसल भेटियो, यस्तो रहेछ कुरा


  • राजनीति
  • सोमबार, भाद्र २ २०७६

नुवाकोटका पत्रकार शालिकराम पुडासैनीले आ*त्महत्या गर्नुअघि डोरी किनेको पसल भेटिएको छ ।

चितवन प्रहरीका अनुसार नारायणगढ बसपार्कमा रहेको एक होलसेल पसलबाट पुडासैनीले डोरी किनेको पाइएको छ ।

होलसेल पसल नजिकै रहेको एक पसलको सीसीटीभी फुटेज हेर्दा पुडासैनीले ५ मिटर डोरी किनेर लगेका छन् । सीसीटीभीको ‘हार्डडिस्क’ नै लिएर परीक्षणको लागि प्रहरी हेडक्वार्टर पठाइएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दान बहादुर मल्लले आइतबार साँझ हार्डडिस्क लगेर प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिए ।

पुडासैनीको मृ*त्युका बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

पुडासैनी साउन २० गते नारायणगढ बसपार्कको होटल कंगारुमा झुण्डिएको अवस्थामा मृ*त फेला परेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार