logo शनिबार, कार्तिक २२ २०८३ | Saturday 7th November 2026

एक कर्मचारी सिंहदरबार भित्र मृत भेटिए


  • राजनीति
  • मंगलबार, भाद्र ३ २०७६

राष्ट्रिय योजना आयोग भवनमा एक कर्मचारी मृत भेटिएका छन्। आयोगमा कार्यरत नायब सुब्का करिब ५० वर्षीय बच्चुराम केसी मृत भेटिएका हुन्।

केसी आयोग कार्यालयमा रहेको अनुगमन तथा मूयांकन महाशाखाको सभाहलमा मृत भेटिएका प्रहरीले जनाएको छ। उनी सभाहलमा ढलिरहेको अवस्थामा देखेपछि बिहान पौने १० बजे आयोगकै कर्मचारीले प्रहरीलाई खबर गरेका थिए।

अहिले शव भेटिएको आयोग परिसर सिल गरिएको छ। राष्ट्रिय योजना आयोग मन्त्रालय तथा अन्य महत्वपूर्ण सरकारी कार्यालयहरू रहेको सिंहदरबारभित्र छ।

मृतक केसीको शव भेटिएको स्थानमै सेल्फस नामक विषादीको बट्टा पनि भेटिएको काठमाडौं प्रहरी परिसरका प्रवता डीएसपी होबिन्द्र बोगटीले बताए। फरेन्सिक चिकित्सक ल्याएर घटनाको थप अनुसन्धान भइरहेको बोगटीले जानकारी दिए।

घटनाको विस्तृत विवरण आउन बाँकी छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार