राजनीति
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एक टोलीले घुस लिदाँलिदैं मालपोत कार्यालय कास्कीका एक अधिकृतलाई रङ्गेहात पक्राउ गरेको छ ।
गोप्य सुचनाको आधारमा मालपोत अधिकृत अबिनाश कुँवरलाई आज (मंगलबार) बेलुकी करिब साढे ६ बजे मुस्ताङचोक स्थित सोमु मम खाजा घरबाट पक्राउ गरेको हो ।
सेवाग्राहीलाई जग्गाको मुल्य हेरी राजस्वमा कम गर्ने भन्दै उनले नगद ५९ हजार रुपैयाँ घुस लिएको स्रोतले बताएको छ ।जग्गाको मुल्य हेरी राजस्वमा कम गर्ने भन्दै अधिकृत कुँवरले सेवाग्राहीलाई केही दिन देखी रकम बार्गेनिङ गरेको प्रारम्धिक अनुसन्धानमा खुलेको स्रोतले बताएको छ । उनलाई पक्राउ गरेसँगै थप अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराले हिरासतमा राखेको छ ।