logo शनिबार, कार्तिक २२ २०८३ | Saturday 7th November 2026

चितवन प्रहरी एसपी दानबहादुर मल्ल भनेर पोखराका एसपी दान बहादुर कार्कीलाई गाली गरेपछि…


  • राजनीति
  • बिहिबार, भाद्र ५ २०७६

पोखरा- चितवनका एसपी दानबहादुर मल्लको नाम लेखेर अर्कै अधिकृत कास्कीका एसपी दान बहादुर कार्कीको फोटोमा समाजिक सञ्जालमा राख्दै पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा गाली गरिएको छ।

जिल्ला प्रहरी कार्यालय, पोखराले विज्ञप्ति जारी गरेर कानूनी व्यवस्था तथा व्यक्तिगत र सामाजिक मर्यादा विपरित कानून उल्लंघन गर्ने व्यक्तिलाई कारबाही हुने चेतावनी दिएको हो ।

आत्महत्यामा दुरुत्साहन गरेको कसूरमा पक्राउ परेका रवि लामिछानेका समर्थकले फेसबुक ग्रुपमा ‘रवि दाइलाई फसाउने जिल्ला प्रहरी कार्यालयका प्रमुख दानबहादुर मल्ल एसपी नै … हुन् भनि उनीमाथि हतकडी लगाइएको छ…’ भन्दै पोखरा प्रहरी प्रमुख एसपी दान कार्कीको फोटो हालेका थिए । फोटोमा कार्कीलाई हत्कडी लगाइएको देखिन्छ ।

विज्ञप्तिमा उक्त फोटोबारे भनिएको छ, ‘समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तरगत विद्यार्थीलाई प्रशिक्षण गराउने क्रममा कार्कीले हत्कडी के हो, किन र कसरी लगाइन्छ भन्ने प्रश्नमा जवाफ दिँदै आफ्नै हातमा हत्कडी लगाएर प्रशिक्षित गराउने क्रममा त्यो फोटो खिचिएको थियो ।’

पुरानो फोटोलाई सामाजिक सञ्जालमा अपलोड गरी चरित्र हत्या हुने गरी प्रकाशन गरिएको भन्दै पोखरा प्रहरीले गम्भिर ध्यानाकर्षण भएको पनि उल्लेख गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार