राजनीति
पोखरा- पोखरा महानगरपालिका वडा नं १०/१५ रामबजारमा रहेको श्री कृष्ण मन्दिर संचालक, श्री कृष्णमन्दिर आमा समूहको संयुक्त आयोजनामा कृष्ण जन्माष्टमी यात्रा समपन्न भएको छ।
शुक्रवार बिहान रामबजारमा रहेको श्री कृष्ण मन्दिर परिसरवाट सुरु भएको र्याली पेन्सन क्याम्प,राममन्दिर हुदै परिक्रममा गरि पुर्न मन्दिरमा नै आई सम्पन्न भएको थियो। र्यालीमा पोखरा रामबजारका बिभिन्न संघ सस्था विधालय तथा क्लवहरु सहभागिताभएका थिए।

र्यालीमा सहभागि सस्था बिधालयलाई माया चिनो प्रदान गर्दै श्री कृष्णमन्दिर आमा समूहका अध्यक्ष अम्बिका राजभन्डारीले सहभागी सबैलाई धन्यबाद दिए।
यसै गरी श्री कृष्ण मन्दिर द्दारा सञ्चालित श्री सतगुरु बाल शैक्षिक सहायता अक्षयकोषको श्रीब्रिदिमा सहयोग गर्ने दाताहरु लाई सम्मान पनि गरिएको छ।कार्यक्रममा प्रमुख अतिथि ब्रिटिससेनाका रिटाएर्ड ९६ बर्षीय कर्णल जेबी क्रोसले आफु पण्डितले भने आनुसार १०५ बर्ष बढी बाच्ने भन्दै १०० बर्ष पुगेको उपल्क्षमा रामबजारवासी सङ्ग सङै बसेर चिया पिउने भन्दै बाचा गरेका छन। यस्ता कार्यक्रमले खुसी दिने बताउदै उनले सबैलाई धन्यवाद पनि दिए ।
२०६४ सालमा स्थापित छात्रव्रितिकोषबाट गरिव तथा जेहेन्दार बिधार्थीहरुलाई पढाउदै आएको छ।

श्री कृष्ण मन्दिर सञ्चालक समितिका अध्यक्ष ज्ञान बहादुर थापाले हाल उक्त कोषवाट श्री कालिका माबि रामबजारमा ६ जना बिधार्थीलाई पढाउदै आइरहेको बताए। एक लाख एघार हजार एक सय एघार रुपैयाबाट सुरु गरिएको कोष हाल आएर जम्मा जम्मी आठलाख भन्दा बढी रकम कोषमा रहेको बताउदै उक्त रकमबाट आउने व्याचले बिधार्थीहरुको पढाई मा खर्च गरिएको बताए।
छात्र व्रितिबाट अध्ययन रक्त कक्षा १० मा अध्ययनरक्त समिक्षा चापागाईले उक्त कोषबाट आफु जस्ता कयौ बिधार्थीहरुलाई अध्यनमा टेवा पुगेको बताएकी छन।