logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

रवि र युवराजका कारण आत्महत्या गरेको अस्मिताकाे बयान


  • राजनीति
  • सोमबार, भाद्र ९ २०७६

चितवनमा न्यायिक हिरासतमा रहेका रवि लामिछाने र अस्मिता कार्कीको मत बाझिएको छ । उनीहरुले दिएको बयानमा दुई जनाको मत आपसमा बाझिएको चितवन वार एशोसिएसनका पूर्वअध्यक्ष समेत रहेका अधिवक्ता गोपीलाल देवकोटा बताएका छन् ।

अस्मिताले आफ्नो कारणले नभई रवि र युवराजका कारण शालिकरामले आत्महत्या गरेको हो भनी बयान दिएकी देवकोटले बताए । उनका अनुसार बयानमा अस्मिताले मेरो कारणबाट सालिकरामले आत्महत्या नगरेको जिकिर गरेकी छन् । उनले रवि र युवराजलाई पोलेको अधिवक्ता देवकोटाले बताए । देवकोटाका अनुसार अस्मिताले बयानमा आफ्नो र सालिकरामको सम्बन्ध राम्रो रहेको र आफूले सालिकरामलाई विवाहित हुनुहुँदो रहेछ भनेर एक पटक मात्रै सोधेको बताएकी छन् ।

रविले पनि बयानमा आफ्नो कारणले घट्ना नघटेको दावी गरेका छन् । रविले आफूले अस्मितालाई प्रहरी नियन्त्रणमा आएपछि मात्रै देखेको बताएका छन् भने अस्मिताले यसअघिबाटै चिनजान रहेको बयान दिएकी छन् । रवि र अस्मिताले फरक फरक मत रहेको अधिवक्ता देवकोटाले बताए ।

रविले यसअघि हिरासतबाटै अन्तर्वार्ता दिएका थिए । अदालती कारबाही प्रभावित गर्ने उक्त अन्तर्वार्ता एक पत्रकारले गोप्यरूपमा लिएका हुन् । न्यायिक हिरासतमा रहेका व्यक्ति अदालतको अनुमति बिना अन्तर्वार्ता दिनु प्रशासनको कमजोरी ठहर्ने देखिन्छ । उनले सो अन्तर्वार्तामा आफूलाई नियोजित रुपमा फसाउन खोजेको आरोपसमेत लगाएका छन्। उनले आफू प्रहरी हिरासतभित्रै असुरक्षित रहेको बताएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार