logo शनिबार, कार्तिक २२ २०८३ | Saturday 7th November 2026

तमु प्ये ल्हु संघ महिला समिती कास्कीमा अनिता योज (सरब्जा) तमु


  • राजनीति
  • मंगलबार, भाद्र १० २०७६

पोखरा – तमु प्ये ल्हु संघ जिल्ला महिला समिती कास्कीको तेश्रो वार्षिक साधारणसभा तथा दोश्रो अधिवेशनले अनिता योज (सरब्जा) तमुको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ।

आज तमु प्ये ल्हु संघ फ-लि-ना क्होइबो पोखरामा अंअप्न्न अधिवेशनले पुरानै कार्यसमिति यथावत रहनेगरी थप ७ जनाको नाम समिति नया समिति चयन गरेको हो।

अनिता योज (सरब्जा) तमुको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति गठन भएको हो । जसमध्ये पैयुँखोला तमु समाजबाट प्रतिनिधित्व हुनेगरी कुमारी पर्जु तमु, स्याङ्जा तमु ट्हों समाजबाट कमला प्हच्यु तमु, ढोरफिरफिरे तमु समाजबाट राम कुमारी ल्हों तमु, पोचोको तमु परिवारबाट रिस काषी थिम्जे तमु, चिउली-पार्चे तमु समाजबाट मन कुमारी क्रोम्छें तमु, भदौरे इकाई समितिबाट खिम कुमारी थिम्जे तमु र सिक्लेस इकाई समितिबाट पुष्पा क्रोम्छें तमु रहेका छन ।

कार्यक्रममा पैयुँखोला तमु समाजको तर्फबाट “स्वास्थ्यका निम्ति नृत्य” समुहले पर्वत, पैयुँखोला बालाकोट गीतको बोलमा नृत्य प्रस्तुत गरेका थिए भने ट्प्ल्स् जिल्ला महिला कार्यसमिति कास्कीका प्र।उपाध्यक्ष तिलमाया प्ल्हें तमु, सह-कोषाध्यक्ष लक्ष्मी लम तमु, सदस्य मधु क्रोम्छें तमु र सदस्य रन माया प्ल्हें तमुबाट स्वागत नृत्य प्रस्तुत गरेका थिए ।
कार्यक्रममा तमु प्ये ल्हु संघ केन्द्रीय पच्यु समिति, क्ल्हेप्री समिति, बोन्पो लम समिति, केन्द्रीय महिला समिति, युवा समिति लगायत क्षेत्रीय तमु समाजहरुको बाक्लो उपस्थिति रहेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार