पोखरा- पोखरा- रोट्राक्ट क्लब अफ न्युरोड पोखराले कुनैपनी स्कुले बालबलिकाहरु आवश्यक शिक्षा तथा शैक्षिकसामग्री बाट बन्चित हुन नपरोस भन्ने सोच ले MOMO charity for cause #Phase2 समपन्न गरेको छ। लेकसाईड फुटट्रयाक क्यामपिङ्ग ग्राउण्ड आयोजित MOMO charity for cause #Phase2ले आम्दानी गरेको क्लबका पब्लिक रिलेसन अफिसर पुर्ण श्रेष्ठले बताए।
उक्त कार्यक्रमको सबै सयोजन प्रोग्राम कोडिनेटर नबिन सुवेदीले गरेका थिए।बिगत स्थापना काल देखि नै क्लवले स्कुले बिधार्थीहरुलाइ झोला बितरण देखी ड्रेस कापी कितावहरु बितरण गर्दै आएको समेत सुवेदीले बताए।
समाज परिवर्तन र असल समाज निर्माणमा नै युवाहरु सक्रिय हुने हुदाँ युवा जनशक्तिलाई नया सोच र भिजनका साथ अगाडी बढाउुनु पर्ने समेत उनले बताए।यसै जनशक्तिको उपयोग गर्दै रचनात्मक कार्य गर्दै आएको समेत उनले बताए। शिक्षा नै समाज परिवर्तनको पहिलो आधार भएकोले यसैबाट क्लबले अभियान चलाएको उनले बताए।
उक्त रकम क्लबले आर्थिक बिपन्नता भएका स्कुले बालबालिकाहरुको शिक्षामा खर्च गरिने समेत बताए।
बिहान ११ बजे देखि बेलुका ८ बजे सम्म राखेको स्टलमा लगभग ३०० बढी ग्राहक आएको र ५० हजार बढी व्यपार भएको क्लवका अध्यक्ष गणेश भण्डरीले बताए।