logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

सशस्त्रका ५ एआईजी पदको लागी ७ डिआईजी प्रतिस्पर्धामा


  • राजनीति
  • शुक्रबार, माघ ५ २०७४

पोखरा/ सरकारले सशस्त्र प्रहरी बलमा ५ प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)को दरबन्दी थपे सँगै ७ नायब महानिरीक्षक (डिआईजी) प्रतिस्पर्धामा उत्रिएका छन । सशस्त्र मुख्यालयले तीन दिनको म्याद दिएर माघ २ गते मूल्यांकन फारम भर्न सार्वजनिक सूचना जारी गरेको छ ।

गत साता मन्त्रिपरिषद् बैठकले सशस्त्रमा ५ एआईजीको दरबन्दी थप्ने निर्णय गरेको थियो । सशस्त्र मुख्यालयले केही दिनमै एआईजीलाई सशस्त्र प्रहरी बलको प्रादेशिक कार्यालय प्रमुखमा पठाउने तयारी गरेको छ । सशस्त्रका एआईजीले प्रदेशको नेतृत्व गर्ने छन् भने डीआईजीको नेतृत्वमा रहेका बाहिनीले निरन्तरता पाउने छन् ।

सशस्त्रका सबै १७ जना डीआईजी नै बढुवाका लागि योग्य भए पनि वरिष्ठताका आधारमा जानकीराज भट्टराई, निराकरामविक्रम शाह, सुवोध अधिकारी, खडानन्द चौधरी, सुरज श्रेष्ठ, बाबुराम पाण्डे र राजेश श्रेष्ठ प्रतिस्पर्धामा छन् । भट्टराई, शाह, अधिकारी र चौधरी २०६९ सालमा डीआईजी भएका हुन् भने पाण्डे र श्रेष्ठ द्वय २०७१ मा डीआईजी भएका हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार