logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

पोखरा महेन्द्रपुलबाट लागूऔषध सहित दुई युवक र एक युवती गरी ३ पक्राउ


  • राजनीति
  • शनिबार, भाद्र १४ २०७६

पोखरा-पोखरामा शनिबार महेन्द्रपुलबाट लागूऔषधसहित दुई युवक र एक युवती गरी ३ जना पक्राउ परेका छन् ।

नाईट्रोभ्याट १० नामको १ सय २० चक्की ट्यावलेट सहित पोखरा -९ महेन्द्रपुलबाट १ युवती र २ पुरुष पक्राउ परेको हो ।

पक्राउ पर्नेमा पोखरा -१० रामबजारका ४६ बर्षीय सुवास गुरुङ र २२ बर्षिया युवती आशा गुरुङ एवम् लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ ताघ्रिङ घर भई पोखरा – ११ रानीपौवा बस्ने वर्ष २१ को युवराज गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता डिएसपी राजकुमार केसीले जानकारी दिए ।

ग १ च ४८६५ नम्बरको कारमा सवाररत रहेका उनीहरुमाथि शंका लागी चेकजाँच गर्ने क्रममा महेन्द्रपुलमा खटिएको प्रहरी टोलिले कार चालक सुवासको साथमा रहेको झोलाबाट लागूऔषध सहित ९६ हजार ४ सय ५० रुपैया फेलापारेको प्रवक्ता केसीले बताए ।

कार सहित उनीहरु तीनैजनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार