logo शनिबार, कार्तिक २२ २०८३ | Saturday 7th November 2026

गुरुङ फिल्म एशोसिएशन नेपाल(जिफान)को अध्यक्षमा भोजबहादुर गुरुङ


  • हुम तमु
  • आइतबार, भाद्र १५ २०७६

पोखरा- गुरुङ फिल्मकर्मीहरुको साझा संस्था गुरुङ फिल्म एशोसिएशन नेपाल(जिफान)को अध्यक्षमा भोजबहादुर गुरुङ चयन भएका छन । पोखरामा शनिवार सम्पन्न जिफानको छैटौं महाधिवेशनले बिगत साधे दुई दशक अघिबाट गुरुङ चलचित्र मार्फत समुदाय र राष्ट्रलाई योगदान दिइ रहनु भएका मुनाल फिल्म प्रालिका सन्चालक, चलचित्र निर्देशक, जिफानका निबर्तमान प्रथम उपाध्यक्ष भोजबहादुर गुरुङको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति सर्वसम्मत गठन गरेको हो ।

कास्की, काठमाडौ, लमजुङ, तनहु, स्याङ्जा, रुपन्देही लगायतमा जिल्ला शाखा, हङकङ, जापान लगायतमा प्रवास शाखा रहेको जिफानको केन्द्रियको प्रथम उपाध्यक्षमा गुन्जबहादुर गुरुङ, द्वितीय उपाध्यक्षमा रेशम गुरुङ, महासचिवमा मनोज गुरुङ, सचिवमा तोल बहादुर गुरुङ (लब्सन) चयन हुनुभएको छ ।

यस्तै गरि आर्थिक बिभाग प्रमुखमा अर्जुन गुरुङ, प्रचारप्रसार बिभाग प्रमुखमा रमेश गुरुङ, महिला बिभाग प्रमुखमा ईन्द्रमाया गुरुङ, संघ-संस्था बिभाग प्रमुखमा गल गुरुङ, निर्माता निर्देशक बिभागको जिम्मेवारी सोम गुरुङ, प्राबिधिक बिभागमा सन्तोष कोन्मे, भाषा तथा संस्कृति बिभागको संयोजक गम बहादुर गुरुङ र गीत संगीत बिभागमा राज बहादुर गुरुङ रहनु भएको छ ।
यसरी नै जिफानको सदस्यहरुमा तारा कुमारी गुरुङ,मोहनमाया गुरुङ, आइतराम गुरुङ र बिश्वात्म गुरुङ चयन हुनुभएको छ ।

तस्विर मणि सरब्ज तमु

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार