logo शनिबार, कार्तिक २२ २०८३ | Saturday 7th November 2026

अमेरिकी राजदूत र्‍यान्डी डब्लु बेरी स्वयं नाचे तीज गित ‘बीच्च–बीच्चमा’


  • राजनीति
  • सोमबार, भाद्र १६ २०७६

पोखरा- तीजको अवसरमा अमेरिकी राजदूत र्‍यान्डी डब्लु बेरी स्वयं नाचेको भिडियो सार्वजनिक भएको हो।

भिडियोसहित पोष्ट गर्दै उनले तीजको शुभकामना पनि दिएका छन । ‘तीज पर्व अवसरमा अमेरिकी मिसन परिवारका नेपाली र अमेरिकी महिलासँगै उल्लास मनाउने कार्यक्रममा सहभागी भएँ। उत्साह, खुशी, रंगीन र सशक्त तीजको लागि शुभकामना !’, उनले भनेका छन्।

सोही कार्यक्रमको १ मिनेट ५१ सकेन्डको भिडियो राजदूत बेरीले ट्विटरमा अपलोड गरेका हुन्।

भिडियोमा १ः३५ मिनेटसम्म कन्यदान फिल्मको ‘तीजको लहर आयो बरिलै’ भन्ने गीतमा रातो सारी लगाएका नेपाली तथा अमेरिकी महिलाको नृत्य छ। त्यसपछि गीत परिवर्तन भएर दुर्गेस थापाको चर्चित तीज गीत ‘बीच्च–बीच्चमा’ पुग्छ। सो गीतमा अमेरिकी राजदूत बेरी नेपाली शैलीमा कम्मर मर्काउँदै र हात हल्लाउँदै नाचेका छन्।

हेर्नुहोस् पूरा भिडियोः

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार