logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

पोखरा जुलोजिकल पार्कमा भएको विवादले आफुहरु निकै चिन्तित – युनाईटेड क्लव परिवार


  • राजनिती न्युज डेस्क
  • आइतबार, भाद्र २२ २०७६

पोखरा- युनाइटेड क्लव पोखराले चालु आर्थिक वर्ष ०७५०७६ मा २० लाख रुपैया सामाजिक क्षेत्रमा खर्च प्रतिवेदन सार्वजनिक गरेको छ । शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धनका लागी पोखरामा नया पर्यटकीय गन्तब्य चिडियाखाना निर्माण र सेतीनदी संरक्षणमा स्थापना कालदेखी नै काम गर्दै आइरहेको युनाईटेड क्लवले चालु आर्थिक वर्षमा सामाजिक काममा सो सकम खर्च गरेको हो ।

गण्डकी प्रदेश सभा सदस्य दीपक कोइरालाले युनाईटेड क्लवले १० औ वर्ष सम्म आइपुग्दा पोखरामा आफुलाई अन्य क्लवभन्दा अग्रणी भुमिकामा उभ्याउन सफल भएको वताउदै सामाजिक कामको महत्व सवैले वुझ्न सके सभ्य समाज निर्माण हुने पोखरामा युनाईटेड क्लवको पहलमा निर्माणाधिन अवस्थामा रहेको जुलोजिकल पार्कको काम कोही कसैले रोकेर नरोकिने समेत वताए ।

पोखराको अमरसिंह चौरमा पोखरा महोत्सवको आयोजना गरी पोखरा र आसपासका क्षेत्रमा सामाजिक कामहरुमा आर्थिक सहयोग गर्दै आइरहेको छ । जस अन्तर्गत क्लवले चालु आर्थिक वर्षमा पोखरामा निर्माणाधिन पोखरा जुलोजिकल पार्कलाई ९ लाख प्रदान गरेको छभने, शिक्षा तर्फ २ लाख, सेती नदी संरक्षण तर्फ १० हजार, खेलकुदमा ४ लाख ५० हजार, स्वास्थ्यमा २ लाख, विपद ब्यवस्थापन तर्फ १ लाख ३९ हजार र विभिन्न संघ सस्थाहरुलाई १ लाख १० हजार गरी २० लाख १९ हजार रुपैया सामाजिक काममा खर्च गरेको क्लवका कोषाध्यक्ष गणेश तिमिल्सिनाले जानकारी दिए ।

शनिवार आयोजित कलवको दशौ वार्षिक साधारण सभामा कोषाध्यक्षको प्रतिवेदन पेश गर्दै कोषाध्यक्ष तिमिल्सिनाले चालु आर्थिक वर्ष ७५÷७६ मा क्लवले आफ्नो सामाजिक काम अन्तर्गत २० लाख १९ हजार रुपैया शिक्षा, स्वास्थ्य, खेलकुद, नया पर्यटकीय गन्तब्य चिडियाखाना, सेती नदी संरक्षण, विपद ब्यवस्थापन र विभिन्न संघ सस्थाहरुलाई वितरण गरिएको वताए ।

क्लवका निवर्तमान अध्यक्ष शुक बहादुर गुरुङले युनाईटेड क्लवले लिएको उद्देश्य अनुरुप अगाडी वढिरहदा पछिल्लो समय पोखरा जुलोजिकल पार्कमा भएको विवादले गर्दा आफुहरु निकै चिन्तित रहेको वताउदै आफुहरुले लिएको उद्देश्यलाई प्रदेश सरकारले आफ्नै ठानेर अगाडी वढ्न समेत आग्रह गरे ।

सो अवसरमा वोल्दै युनाईटेड क्लवका अध्यक्ष लालकाजी गुरुङ, प्रथम उपाध्यक्ष राजु श्रेष्ठले महासचिव शान्त बहादुर थापाले आफ्ना भनाईहरु राखेका थिए। । सो अवसरमा एन्फा कास्कीले आयोजना गरेको कास्की लिगमा युनाईटेड क्लवबाट सहभागीता जनाएका खेलाडीहरुलाई समेत सम्मान गरिएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार