राजनीति
पत्रकारहरुको साझा संगठन नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यको बुवाको नि’धनप्रति पत्रकार देखि पूर्वप्रधान्त्रीसम्मले गरे दुःख व्यक्त गरेका छन् । उनकाे नि’धनप्रति प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई लगायतले पशुपति आर्याघाट पुगेरै दुःख व्यक्त गरेका हुन् । यस्तै पत्रकारका विभिन्न संघ संस्थाहरुले विज्ञप्ति निकाली दुःख व्यक्त गरेका छन् । नेपाल पत्रकार महासंघ, नेपाल प्रेस युनियन, आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) र प्रेस संगठन नेपालले शो’क वक्तव्य जारी गरेर शर्माको नि’धनप्रति दुःख व्यक्त गरेका हुन् ।
नेपाल पत्रकार महासंघले दिवंगत शर्माको आत्माको चिरशान्तिको कामना गरेको छ । ‘महासंघ स्वर्गीय शर्माप्रति हार्दिक श्रद्धा’ञ्जली अर्पण गर्दै दिवं’गत आत्माको चि’रशान्तिको कामना गर्दछ’, महासंघका महासचिव रमेश विष्टद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘साथै, शो’कको यस घडीमा पितृशो’कमा पर्नुभएका महासंघका अध्यक्ष आचार्यसहित शोकाकुल परिवारजनमा धैर्यधार’णाको कामना गर्दै गहिरो स’मवेदना प्रकट गर्दछ ।’
दिवं’गत यामप्रसाद शर्माको सोमबार विहान पशुपति स्थित आर्यघातमा अन्त्ये’ष्टि गरिएको छ । उनको विहान सात बजे विद्युतीय शबदा’हमा अन्त्ये’ष्टि गरिएको हो । शर्माको पा’र्थिव शरीरमा प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, विभिन्न राजनीतिक पार्टीका नेताहरु र पत्रकारहरुले श्रद्धा’ञ्जली व्यक्त गरेका थिए ।
२००७ चैतमा अर्घखाँचीमा जन्मिएका शर्माको सोमबार विहान ३ बजे कीर्तिपुरस्थित आफ्नै निवासमा नि’धन भएको थियो । उनको परिवारमा श्रीमति मायादेवी, दुई छोरा (पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य र पत्रकार/लेखक कृष्ण आचार्य) छोरी, बुहारी र नाती छन् । शर्मा लामो समयदेखि वि’रामी परेका थिए ।
यसैवीच पत्रकार महासंघको बैठक सरेकाे छ । नेपाल पत्रकार महासंघको भदौ २५ र २६ गते गोरखामा तय भएको केन्द्रीय समितिको बैठक केहीं दिनका लागि स्थगित गरिएको छ । अध्यक्ष आचार्य पितृशो’कमा परेपछि बैठक केहीं दिनका लागि सारिएको महासचिव विष्टले जानकारी दिए ।