logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

यात्रुबाहक बसमा एक्कासि आगलागी कसरी कसले लगायो ?


  • राजनीति
  • बिहिबार, भाद्र २६ २०७६

पूर्वपश्चिम राजमार्ग अन्तर्गत पश्चिम नवलपरासीको बर्दघाट र दाउन्नेकोबिच जंगल क्षेत्रमा यात्रुबाहक बसमा आगलागी भएको छ। महेन्द्रनगरबाट काठमाडौंका लागि छुटेको ना ६ ख ८४५३ नम्बरको बसमा आगलागी भएको हो। बसमा सवार यात्रुहरु सकुसल रहेको इलाका प्रहरी कार्यालय बर्दघाटका प्रहरी निरीक्षक हेम बहादुर केशीले जानकारी दिए।

आगलागी के कति कारणले भएको भन्ने खुल्न सकेको छैन। बसमा आगलागी भएको खबर पाएपछि ईलाका प्रहरी कार्यालय बर्दघाटबाट पुगेको प्रहरी टोली आगलागी नियन्त्रणमा लिएको हो। आगलागिबाट बस पूर्ण रुपमा क्षति भएको केशीले जानकारी दिए। आगलागीको कारण बारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार